मन्त्रीको सूचीबाट श्रेष्ठको नाम पनि हट्यो

काठमाडौँ, ९ कात्तिक ।
भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ ।

प्रधानमन्त्री शुसिला कार्कीले पहिलेको सूची सच्याउँदै दुईजनाको नाम मात्रै राष्ट्रपति कार्यलयमा पठाएकी छिन् । जसमा स्वास्थ्य तथा जनसख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकूद मन्त्रीमा बब्लु गुप्ताको नाम सिफारिस भएको छ । दुवैजनाको आजै सपथ लिने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर प्रधानमन्त्री कार्कीले उनलाइ भूमी मन्त्रीमा सिफारिस गरेकी थिइन् । जसमा श्रेष्ठले असन्तुष्टी जनाएको बताइएको छ ।

सर्वोच्चदेखि जिल्ला अदालतसम्म मुद्दामामिला विचाराधिन रहेको सार्वजनिक भएपछि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको नाम पनि प्रधानमन्त्रीले फिर्ता गरेकी छन् ।