
तुलसीपुर, २६ चैत । गढवा गाउँपालिका वडा नं. ८ का पूर्व वडाध्यक्ष सद्धाम सिद्धिकीले तुलसीपुरमा टेन्ट क्याटेरिङ सञ्चालनमा ल्याएका छन् ।
उक्त क्याटेरिङको मंगलबार उद्घाटन गरिएको हो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले उक्त क्याटेरिङको उद्घाटन गरेका हुन् ।
पूर्ववडाध्यक्ष सिद्धिकीले तुलसीपुरमा विवाह, पार्टी, हल्दी, पास्नी, वर्तबन्धलगायतको सजावट गर्ने कार्य गर्ने बताए । साथै दिपावलीमा झिलिमिली लाइट तथा डेकोरेशन गर्नुकासाथै विहेका गाडीहरु पनि सजावट गर्ने कार्य गरिने सिद्धिकीले बताए । उनले टेन्ट सम्बन्धि सबै सामानहरु पाइने समेत बताए । कुक,वेटर र क्याटेरिङ्गको पनि ब्यबस्था रहेको उनको भनाई छ ।
तुलसीपुरमा यो अतिआबश्यक रहेकाले न्यू समी टेन्ट क्याटरिङ फ्लावर डेकोरेशन नाम दिएर तुलसीपुर ६ गुम्राहचोकमा सञ्चालनमा आएको हो । उनको नारायणपुर, सुर्खेतलगायतमा पनि ब्याबसाय छ । उनले युवाहरु स्वदेशमा मेहनत गर्नुपर्ने भन्दै यस्तो कार्य गरिएको बताए ।
त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले यस्ता ब्यबसायीहरु तुलसीपुरमा खुल्नु सकारात्मक कार्य भएको समेत बताए ।




लाइभदाङ । २६ चैत्र २०८१, मंगलवार २१:४१ बजे