
तुलसीपुर, ५ कात्तिक । माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुर स्थित बबई नदीमा रहेको शवदाह गृह मर्मत गरेको छ । बर्षादले शवदाह गृह बगाएपछि माओवादी केन्द्रले मर्मत गरेको हो । माओवादी केन्द्र तुलसीपुर १२ को पहलमा उक्त शवदाह गृह निर्माण भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ र स्थानीय युवा ब्यबसायी माधव बुढाथोकीको सहयोगमा उक्त शवदाह गृह निर्माण भएको पार्टीका वडा कमिटि अध्यक्ष गोपाल खड्काले बताए ।
उनका अनुसार वडाध्यक्ष खुसिराम चौधरी,वडा सदस्य धनराज गौतम, नेकपा माओबादी केन्द्रका दाङ जिल्ला समन्वय समिती सदस्य युबराज केसी, माधब बुढाथोकी,गोपाल खड्का,ज्ञान बहादुर बस्नेत,रामचन्द्र बुढा, सितल चन्द,भिमसेन चौधरी,पुनाराम बिक,बिर्ख बहादुर सार्की,नेपाली काँग्रेसका नेता पुष्पराज गिरी,डम्बर भण्डारी,भरत गिरी,नेकपा एमालेका नेता हेमराज डाँगी, राष्टिय जनमोर्चाका नेता तिलक खड्काको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।




लाइभदाङ । ६ कार्तिक २०८२, बुधबार ०६:०२ बजे