
दाङ,४ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले चार कम्पनीको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटेको हो ।
यी कम्पनीहरुमा आज बिहान ६:२० बजेदेखि ७ बजेको बीचमा लाइन काटिएको हो ।
बिजुलीको बक्यौतावाफतको रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ ।जगदम्बाको १ अर्ब ६० करोड, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल वाफतको हो ।
डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला नेपाल विद्युत प्राधिकरणले त्यसबाफको बक्यौता भुक्तानी गर्न अन्तिमपटकका लागि भन्दै २१ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएसँगै प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेको हो ।



लाइभदाङ । ५ कार्तिक २०८२, मंगलवार ०८:३१ बजे