नेकपा दाङको सेक्रेटरीमा जनक सी निर्वाचित, चौथो पुर्ण बैठकबाट अरु के–के भए निर्णय ?

दाङ, १४ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा जनक सी निर्वाचित हुनुभएको छ । नेकपा दाङको चौथो पुर्ण बैठकले पार्टीको सेक्रेटरीमा जुझारु युवा नेता जनक सीलाई निर्वाचित गरेको हो ।

मंसिर १२ र २३ गते घोराहीमा दुइदिनसम्म चलेको बैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले नेता जनकलाई जिल्ला सेक्रेटरी निर्वाचित गर्न गरेको प्रस्तावलाई हलबाट एकमतले पास भएको थियो ।

यस्तै नेकपाको चौथो पुर्ण बैठकले जिल्लाभरीका पालिका कमिटीका नेताहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ । सो पार्टीले बबई गाउपालिकाको इन्चार्जमा सुधार सी, सेक्रेटरीमा रण बहादुर सीलाई जिम्मेवारी प्रदान गरेको छ, भने शान्तिनगर–दंगिशरण गाउँपालिकाको इन्चार्जमा सुधार सी, सेक्रेटरीमा प्रेम सी, तुलसीपुर उपमहानगर कमिटीको इन्चार्जमा भुवन सी र सेक्रेटरीमा शिव सी, घोराही उपमहानगर कमिटीको इन्चार्जमा महान सी र सेक्रेटरीमा दान बहादुर सी, बंगलाचुली गाउँकमिटीको इन्चार्जमा भिम सी र सेक्रेटरीमा बल बहादुर सी, लमही उपमहानगर कमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा पुर्ण सी, राप्ती गाउँकमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा अदिप सी, गढवा गाउँकमिटी इन्चार्ज यज्ञ सी, सेक्रेटरीमा पदम सी, राजपुर गाउँकमिटीको इन्चार्ज उज्ज्वल सी, सेक्रेटरीमा शुर्य सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

यस्तै नेकपा दाङको चौथो पुर्ण बैठकले विभिन्न बिभागहरु समेत गठन गरेको छ । बैठकले स्कुलिङ बिभाग प्रमुख रुद्र सी, उत्पादन बिभाग प्रमुख धर्ती सी, जवस रमोर्चा संयोजन इन्चार्ज रुद्र सी, आर्थिक बिभाग प्रमुख जनक सी, जनपरीषद प्रमुख मंगल सी, न्याय बिभाग प्रमुख धर्ती सी, सांस्कृतिक टिम प्रमुख दिनेश सी, प्रकाशन तथा सुचनारसंचार बिभाग प्रमुख राजु सी, जनसेवक प्रमुख प्रतिरोध सीलाई जिम्मेवारी प्रदान गरेको हो ।


यस्तै बैठकले जिल्ला कमिटीमा ४ जना थप गरेको छ । बैठकले हरी सी, दिनेश सी, दिल बहादुर सी, पदम सीलाई जिल्ला कमिटी मनोनीत गरिएको थियो । बैठकले डिसेम्बर १० मा माओ दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । साथै पार्टी सदस्यसम्म राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने, जवसरमोर्चाका पालिका र जिल्ला भेलाहरु गर्ने, जिल्लामा स्कुलिङ संचालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध कोणसभा, बिरोध सभा,जुलुस सहित प्रदर्शन तथा प्रतिरोध संघर्ष गर्ने, राष्ट्रियता, जनजिविका, जनसवालका बारेमा आन्दोलन गर्ने, भ्रष्टाचार, मिटरव्याजी, कालोबजारी, तस्करी, नदिजन्य पदार्थको अवैध उत्खनन विरुद्ध संघर्ष गर्नेपनि नेकपाले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य शितल सी, केन्द्रीय सदस्यहरु सम्झना सी, बिक्रम सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सी, विकाश सी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी, केन्द्रीय सदस्य संजय सी, राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक बिज्ञान सी लगाएतको आतिथ्य रहेको थियो ।

चौथो पुर्ण बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य तथा बैठकका प्रमुख अतिथि शितल सीले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । बैठकमा नवनिर्वाचित सेक्रेटरी जनक सीलाइ बैठकका प्रमख अतिथि, अतिथिहरु र सहभागी जिल्ला कमिटीका सदस्यहरुले टीका लगाएर बधाई ज्ञापन गरेका थिए भने पुर्व सेक्रेटरी प्रदिप सीले माइन्युट हस्तान्तरण गरेर जिम्मेवारी हस्तान्तरण गरेका थिए ।