घाेराहीकाेे एक हाेटलमा जुवा खेलिरहेका वडाध्यक्षसहित १३ जना पक्राउ

दाङ । दाङ घाेराहीकाे एक हाेटेलबाट जुवा खेलिरहेकाे अबस्थामा वडाध्यक्षसहित १३ जुवाडे पक्राउ परेका छन् ।
काठेकोल स्थित `टी थ्री´ होटेलमा जुवातास खेलिरहेकाे अबस्थामा घोराही उपमहानगर वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर प्रवीण रावत सहित १३ जना जुवाडेलाई पक्राउ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार ३ लाख ४५ हजार ९ सय १५ रकम सहित आईतबार राति पक्राउ परेका हुन् ।

पक्राउ परेका अर्याल एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यसै गरी जुवा खेल्दै गरेका घोराही १८ का कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटल सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका २ का तेज प्रसाद आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ ।


प्रहरीले गए राति घोराहीकै अर्को जुवाको खालमा पनि छापा हानेको छ । घोराही १५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका घोराही १८ का अनुप कशौधन, घोराही १५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही १४ का सोहेलमान मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ६० हजार ६ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ