आज पनि बिहानैदेखि काठमाडौंमा प्रदर्शन, तीनै जिल्लामा कर्फ्यु आदेश

काठमाडौं, २४ भदौ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कर्फ्यु आदेश जारी गरेका हुन् । बिहान साढे ८ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी भएको छ । अर्को आदेश नआउँदासम्म कर्फ्यु लागु हुनेछ ।

आज पनि बिहानैदेखि काठमाडौंमा प्रदर्शन सुरू भएको छ । संसद भवनको सुरक्षामा नेपाली सेना खटिएको छ।