तुलसीपुरमा जुवा खेल्दै गरेका सात जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा जुवा खेल्दै गरेका सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका अन्दाजी ५८ वर्षका कुबेर रेउले, समेही ठाँउका ३२ वर्षका डम्मर राज वली, अन्दाजी २८ वर्षका सन्दिप सुनार, अन्दाजी २४ वर्षका मनिष चन्द रहेका छन् ।

यस्तै तुलसीपुर– ३ कै अन्दाजी ३२ वर्षको टिकाराम केसी, अन्दाजी ३२ वर्षका अरुण कुमार चन्द र सोही ठाँउका अन्दाजी ३६ वर्षका अजय गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए ।


बिहिबार राति पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका कुबेर रेउलेको घरमा अबैध रुपमा जुवा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरेको सूचना अधिकारी रानाले जानकारी दिनुभयो । उनिहरुको साथबाट ५२ पत्ति १ गड्डी तास र नगद ६६ हजार ५६० रुपैंया बरामद गरिएको उनले बताए ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।