रुकुम पश्चिममा बसको ठक्करबाट एक जनाको मृत्यु

रुकुम पश्चिम,९ मंसिर ।
रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरको रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।


परियारको घटनास्थलमै मृत्यु भएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो । घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइते दुवै जनाको आठबिसकोट राडीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।