आज शुक्रबार तपाईको राशिफल

मिति २०८२ असार ६ गते ।
मेष : आफ्ना कल्पनालाई आकार दिने अवसर मिल्नेछ। चेलीबेटी वा प्रेमसम्बन्धी कुरामा खुशी ल्याउने दिन। हतार नगरौं, विचार गरेर मात्र अघि बढ्दा राम्रो हुनेछ।

वृष : घरपरिवारको वातावरणमा अलि उतारचढाव देखिन सक्छ। सन्तान र मातापिताप्रतिको कर्तव्यप्रति सजग हुनुपर्ने समय। घरायसी काममा समय जान सक्छ।

मिथुन : भाइबहिनी वा साथीहरूसँग सहकार्यमा राम्रो लाभ पाइनेछ। योजना बनाउने र कार्यान्वयन गर्ने दिन हो। सन्देश वा खबरमार्फत खुशी मिल्न सक्छ।

कर्कट : कमाइमा केही सुधार देखिन्छ। बोलीको मधुरता लाभदायक हुनेछ। घरमा मीठो कुरा बनाएर खान मन लाग्ने दिन।

सिंह : चन्द्रमा आफ्नै राशिमा छन्, मन आत्मविश्वासले भरिनेछ। तर, बोल्दा वा निर्णय गर्दा नरम स्वभाव राख्नु उचित हुन्छ। अरूलाई सुन्ने बानी बसालौं।

कन्या : केही कुरा मनमा थिचिएजस्तो लाग्न सक्छ। खर्च वा यात्रा टार्न सकिने हो भने राम्रो। आज मन शान्त राख्ने अभ्यास गर्नुहोस्।

तुला : मित्रहरूको साथ पाइने दिन। इच्छाहरू पूरा हुनसक्छन्। सामाजिक वा सामूहिक काममा सहभागी हुन पाउनु हुनेछ।


वृश्चिक : कामको जिम्मेवारी बढ्न सक्छ, तर प्रतिष्ठा पनि बढ्नेछ। बोलीमा गम्भीरता ल्याउनु लाभदायक हुनेछ।

धनु : धार्मिक भावना जाग्नेछ। यात्रा वा तीर्थाटनको योजना बन्न सक्छ। अध्यात्म वा दर्शन पढ्न रुचि लाग्ने समय।

मकर : मन अलि उतारचढावमा रहन सक्छ। पुराना कुरा सम्झना आउन सक्छ। गोपनीयता राखेर काम गर्नुपर्छ।

कुम्भ : दाम्पत्य वा साझेदारसँगको सम्बन्धमा संवेदनशीलता आवश्यक पर्न सक्छ। कुरा राख्दा स्पष्टता र धैर्यता उपयोगी हुनेछ।

मीन  : स्वास्थ्य, सेवामूलक काम वा शत्रु पक्षमाथि विजय प्राप्त हुने समय। मेहनत अनुसार फल मिल्नेछ। नियमितता लाभदायक हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799