नेपाल सेनामा भर्ती भएका १२ जनालाई फेलोशिप ट्रेनिङ सेन्टर तुलसीपुरद्वारा सम्मान

टेकराज भण्डारी
दाङ, ३० असार
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको फेलोशिप ट्रेनिङ सेन्टरले नेपाल सेनामा भर्ती भएका १२ जनालाई बधाई तथा सम्मान गरेको छ । फेलोशिप ट्रेनिङ सेन्टरबाट तालिम गरि नेपाल आर्मिमा भर्ती भएका लाई बधाई तथा सम्मान गरिएको हाे । राजु यरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस तुलसिपुर नगर सभापती सुरेश हमालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस तुलसिपुर नगर सभापती सुरेश हमालले देशको राजनीतिक अवस्थाका कारण अाफ्नाे देश छाडेर बिदेश जानेहरूकाे संख्या बढेको बताउनु भयो । नेपालमा सम्भावना केही नदेखेर बिदेश जान बाध्य भएको बताउनु भयो ।

 

 


फेलोशिप ट्रेनिङ सेन्टर तुलसीपुरबाट तालिम गरि नाम निकालेका १२ जना करिस्मा देवकोटा , रविना बुढा मगर , राजन ठाडा मगर , दिपक घर्ती मगर , निर्मला खड्का , सीता कुमारी थापा , अाेर्जिन्स पुन मगर , रिया डाँगी , नविन नाथ , खुमा परियार , वसन्त क्षेत्री र नरेश घर्ती मगर लाई बधाई तथा सम्मान गरेको हाे ।

त्यस्तै विशिष्ट अथिति रमेश मल, प्रेस युनियन दाङ जिल्ला अध्यक्ष नारायण खड्का, नारायण भट्टराई, दाेर्ण चन्द, रुद्र बहादुर खत्री लगाएको शुभकामना मन्तव्य राख्नु भएको हाे ।

चिन्ता मनि भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण एच अार मगरले गर्नुभएको थियो ।