माघ ३ देखि आन्तरिक हवाइ उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं  २५ पुस।

सरकारले आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमण पुनस् बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।