तुलसीपुरमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

तुलसीपुर, २६ असोज ।
दाङको तुलसीपुरमा जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर– ७ बस्ने ३६ बर्षीय प्रेम प्रकाश वली, तुलसीपुर–६ रजौरा बस्ने ३३ बर्षीय रमेश बस्नेत, तुलसीपुर–५ बसपार्क बस्ने ३७ बर्षीय गौरीलाल वली, तुलसीपुर–६ बरुवागाउँ बस्ने ३८ बर्षीय दिनेश बन्जरा, तुलसीपुर–५ नयाँबस्ती बस्ने २९ बर्षीय खुम बहादुर बिक, तुलसीपुर–८ दुधेना बस्ने ५५ बर्षीय धनबिर बिक, तुलसीपुर–५ बसपार्क बस्ने ३३ बर्षीय सन्तोष भण्डारी, तुलसीपुर–६ रजौरा बस्ने ३८ बर्षीय चेतलाल भण्डारी र तुलसीपुर–१६ लालपुर बस्ने ३४ बर्षीय तिलकराम केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।


उनका अनुसार तुलसीपुर–९ अटोभिलेज स्थित राममाया घर्तिको घरमा अबैध रुपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार बेलुका सवा ६ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकासँगबाट २ गड्डी तास र नगद रु ३४ हजार ६ सय ५ रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।