तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमन्त रिजालको अमेरिकामा निधन

दाङ , २२ असोज ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमन्त रिजालको अमेरिकामा निधन भएको छ । ६६ बर्षीय रिजाल तुलसीपुरका एक प्रतिष्ठित ब्यबसायी हुन ।

रिजालको उपचारका क्रममा अमेरिकाको क्यालिफोर्नियामा मंगलबार निधन भएको पारिवारीक स्रोतले बताएको छ ।

रिजाल फोक्सोका बिरामी थिए । फोक्सोमा क्यान्सरको समस्या बल्झिएपछि उपचारको लागि उनी एक वर्ष पहिले अमेरिकामा बस्दै आएका छोरी ज्वाँइ कहाँ पुगेका थिए ।

तुलसीपुर क्षेत्रको ब्यापार विस्तार र बिकासका लागि रिजाल परिवारको महत्वपूर्ण योगदान छ ।

स्वर्गिय रिजालका साथै उनका सहोदर दाजु चिरिञ्जिबी रिजाल, भाइ बिमल रिजाल पनि तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु हुन ।


स्वर्गिय रिजालका छोरा सन्दिपन रिजाल हाल तुलसीपुर उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य छन् ।

संघका पूर्व अध्यक्ष हेमन्त रिजालको निधन प्रति तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगाएत बिभिन्न उद्योगी ब्यापारीले एक जना कुशल अभिभावक गुमाउँदा पीडा बोध भएको उल्लेख गरेका छन् ।

बिभिन्न राजनीतिक दलका नेता, शुभचिन्तक र सर्वसाधारणले रिजाल प्रति सामाजिक सञ्जालहरु मार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

रिजालको तुलसीपुरस्थित घरमा बुधबार बिहानैदेखि आफन्त र शुभचिन्तकहरु पुग्ने क्रम जारी छ ।