कांग्रेस सुदृढीकरण र सुद्दिकरण अहिलेको प्रमुख आवश्यकता : नेता आचार्य

Oplus_131072

दंगीशरण, ४ असोज ।
काङ्ग्रेस सुदृढीकरण र सुद्दिकरण अहिलेको प्रमुख आवश्यकता रहेको नेपाली काङ्ग्रेस दाङका नेता तथा महाधिवेशन प्रतिनिधि केशव आचार्यले बताएका छन् ।
नेपाली काङ्ग्रेस दंगीशरणले आयोजना गरेको १० औं संविधान दिवसको अवसरमा आयोजित अन्तर्कृया कार्यक्रममा नेता आचार्यले यस्तो बताएका हु्न । वर्तमान सन्दर्भमा संविधानको आवश्यकता र महत्त्व बिषयमा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै नेता आचार्यले राजनीतिकदलहरु साच्चिनको बिकल्प नरहेको आचार्यको भनाइथियो ।

२०७२ मा संविधानका पिता सुशील कोइरालाको नेतृत्वमा ल्याएको नेपालको संविधानको रक्षाका लागि दृढताकासाथ अडिग रहने रास्ट्रपती रामचन्द्र पौडेलको भुमिकाप्रती प्रसम्शा ब्यक्तगरे । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस नेता तथा कार्यकर्ताले पार्टी अब बस्तीस्तरमा पुगि जनताको भावना अनुरुप अगाडि बढ्नुपर्ने बताएका थिए ।


संविधान दिबसका अवसरमा आयोजित अन्तर्कृया कार्यक्रम नेपाली काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको अध्यक्षता,नेपाली काङ्ग्रेस दाङका नेता तथा महाधिवेशन प्रतिनिधि केशव आचार्यको प्रमुख आथित्यता तथा नेपाली काङ्ग्रेस दाङका जिल्ला सदस्य शोभाकर न्यौपानेको बिशिस्ट आथित्यतामा भएकोथियो ।नेपाली काङ्ग्रेस दंगीशरणका उपसभापति गिरीराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पार्टी सचिव बामदेव बिष्ट र ओपेन्द्र शर्माले गरेका थिए ।