
तुलसीपुर, २० असोज । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ बागरमा जारी महोत्सवमा आज(सोमबार)‘मकै वारी द¥याम–द¥याम’ का कलाकारको प्रस्तुती रहने भएको छ ।
दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा सुरु भएको दंगीशरण महोत्सवमा सोमबार कलाकार सन्दिप सेन्चुरी, प्रकाश प्रिय कुसुम्या, आरजे रासकोटी, राजेन्द्र परियार, शोभा चन्द ठकुरी, जेबिका रेउलेलगायतका कलाकारहरुले प्रस्तुती राख्ने संयोजक अजय बुढाथोकीले बताए ।
फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको हो ।
जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न विहीबारदेखि महोत्सव सञ्चालन भएको हो ।



लाइभदाङ । २० आश्विन २०८२, सोमबार ०६:५५ बजे