१२ पढेर विदेश जाने सपना त्याग्नुस् :पूर्वमन्त्री खनाल

तुलसीपुर, ९ भदौ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालले विदेशमा पनि सहजै काम पाउने अबस्था नरहेको बताए ।

दाङको तुलसीपुर ६ स्थित डिभाइन टेम्पल एकाडेमीले शनिबार लमहीमा आयोजना गरेको कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रममा खनालले अहिले कक्षा १२ पास गरेर विदेश जानेक्रम बढिरहेको भन्दै यसमा सचेत रहनुपर्ने बताए ।“म मन्त्री हुँदा अमेरिका घुमेर पनि आएँ, त्यहाँ पनि अहिले सानो काम पनि पाउन गाह्रो छ, अष्ट्रेलिया, क्यानडामा पनि त्यस्तै अबस्था छ”,उहाँले भन्नुभयो“त्यसैले नेपालको जनशक्तिले नेपालमै पसिना बगाउनुपर्छ ।”

विदेशमा भाडा माझ्ने काम गर्न कुनै लाज नहुँने तर, नेपालमा काम गर्दा लाज मान्ने अबस्थाको अन्त्य हुनुपर्ने समेत उनको भनाई छ । विदेश जाने योजना बनाएर पढ्ने भन्दा पनि राम्रो जनशक्ति नेपालमै प्रयोग हुने गरि पढाईलाई अगाडी बढाउनु पर्ने समेत विद्यार्थीहरुलाई आग्रह गरे ।


विद्यार्थीहरुलाई स्वरोजगारमुखी बनाउने तर्फ पनि शिक्षा दिनुपर्ने अहिलेको आबश्यकता रहेको पूर्वमन्त्री खनालको भनाई छ ।“विद्यार्थीहरुलाई स्वरोजगारमुखी बनाउने खालको शिक्षा अहिलेको आबश्यकता हो”,उनले भने “त्यसतर्फ शिक्षकहरुले पनि ध्यान दिनुपर्छ ।”

डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत बिश्वविद्यालय दाङका उपप्राध्यापक रिम बहादुर खड्का , साधना पाठशालाका प्रधानाध्यापक हरि बहादुर भण्डारी , पारिजात बोर्डिङ स्कुलका प्रधानाध्यापक रोमर्स शर्मा र पत्रकार आशिष केसीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका कक्षा ११/१२ का संयोजक जिबन लामिछानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कक्षा १२ कि छात्रा डिनिसा बस्नेतले स्वागत पत्र बाचन गरेका थिए, भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक महेश लामिछानेले गरेका थिए ।