कैदीमा ‘सुगर’को समस्या

तुलसीपुर
२५ पुस / दाङको तुलसीपुर स्थित कारागारका कैदीहरुमा मधुमेह(सुगर)को समस्या देखिएको छ । कारागारका २२ जना कैदीमा सगुरका समस्या देखिएको र ति मध्ये पाँच जनामा सुगरको मात्रा नियन्त्रण भन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेश कुमार खनालले बताए । ‘हामीले कारागारमा सुगरका विरामीकालागि स्वास्थ्य जाँच गर्दा २२ जनामा सगुरको समस्या देखिएको थियो’, उनलेभने‘ति मध्ये पाँच जनामा नियन्त्रण भन्दा बाहिर थियो ।’

शनिबार विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राबिधिक सहयोगमा कारागारका कैदीहरुमा निःशूल्क रुपमा स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षण पश्चात सुगरका विरामीहरुलाई जटिबुटी औषधी समेत प्रदान गरिएको थियो । साथै उनीहरुलाई शारिरीक ब्यायम तथा खानपानमा ध्यान दिन पनि सुझाब दिईएको अस्पतालका निमित्त निर्देशकडा खनालले बताए । त्यस्तै कैदीहरुको मुटु, मृगौला, कोलेस्टेरोलको समेत जाँच गरिएको हो । जसमध्ये ६ जना कैदीमा बोसोको मात्रा बढेको भेटिएको थियो, भने एक जनाको मुटुमा थोरै समस्या देखिएको डा. खनालले बताए ।


मधुमेहका विरामीको उपचार
दाङको विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका विरामीकालागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.महेश कुमार खनालका अनुसार पुसदेखि मधुमेहका विरामीरुलाई निःशुल्क रुपमा रगत परीक्षण गर्नुकासाथै मृगौला तथा मुटुको जाँच गर्नुकासाथै बोसोको समेतजाँच भइरहेको छ ।

त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडिबुटी औषधी तथा परामर्स समेत प्रदान गर्ने गरिएको उनको भनाई छ । करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा. खनालले बताए । अस्पतालमा दैनिक विहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुँदै आएको उनको भनाई छ ।
अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर,पारालााईसिस, जोर्नी दुखेका विरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । विरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनकालागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याईने उनले बताए । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासो समेत बढेको छ ।