पानीमा डुबेर युवकको मृत्यु

तुलसीपुर
२१ असोज / दाङमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं ६ निवासी २६ वर्षीय गुरु प्रसाद चौधरीको मृत्यु भएको हो ।


आज बिहान घरबाट निस्किएका चौधरीे गाउँ नजिकैको खोलामा करिब विहान साढे ८ बजेतिर मृत अबस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ । उनी लामो समयदेखि मृगी रोगको समस्यामा थिए ।