आत्मविश्वासनै सफलताको सुत्र होः नगर उपप्रमुख योगी

दाङ, ९ फागुन ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आफुमा आत्मविश्वास हुन जरुरी रहेको बताईन् । आत्मविश्वास नै सफलताको सुत्र रहेको बताउदै ‘महिलामा पनि नेतृत्व गर्ने क्षमता छ, पाएको अवसर छोड्नु हुँदैन, हरेक समस्यासंग जुधेर अगाडी बढ्ने सक्ने नै सफल नेतृत्व हुन्छ’ उपप्रमुख योगीले भनिन् ।

सिकेका सीपमा महत्त्वकांक्षी हुनेहरु नै सफल हुने हुन, सीपलाई आर्थिक आयआर्जनसंग जोड्दै आर्थिकमा बलियो हुन सबैलाई आग्रह गरिन् । सीप सिकेर त्यस्लाई व्यवहारमा उतार्न सक्नु पर्छ,जुनसुकै काममा इमानदारीता हुन पर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिने उनको भनाई छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिमको समापन कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताईन् । कार्यक्रममा लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख लक्ष्मी सुवेदी, वडा नम्बर -७ का वडा सदस्य उर्मिला चौधरी, सुनमाली विक लगायतले बोलेकि थिईन् ।

लमही नगरपालिका–७ उच्चानिम्बुकि नैनावती चौधरीले घर नजिकै तालिमको आयोजना गरेर फाइदा पाएको भन्दै खुशी व्यक्त गरिन । बेरोजगार भएर घर बस्दा थुप्रै मानसिक झमेला हुने गर्दथ्यो, घर खर्च कसरी चलाउने होला भन्ने लाग्दथ्यो अब सिकेको सीपलाई व्यवसायीक रुमा अगाडी बढाउने सोच भएको बताईन् ।


त्यस्तै सहभागी सरिता भट्टराईले छोटो समयमा धेरै कुरा सिक्ने मौका पाएको बताईन् । सीप सिकेर आय अर्जनमा जोडिन सक्ने खालको भएको र आगामी दिनमा पनि यस्ता खालका तालिमको आयोजना गरिदिए अझै सीपमा निखारता ल्याउन सकिने कुरा बताईन् ।

समापन तालिममा सहभागी भएका महिला महिलाहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समुहमा आबद्ध भएका महिला महिलाहरुलाई सक्रिय गराई आयआर्जन र बचत गर्ने बानिको विकास गराउनु समुह विभाजनको मुख्य उदेश्य रहेको उद्यम विकास सहजकर्ता रिता पुनले जानकारी दिईन् ।

एउटा समुहमा चौध जना महिला हुने गरि समुह बनाइएको छ । ती समुहले हरेक महिनाको बीस गते बैठक बसि बचत गर्ने, ऋण लगानी गर्ने, व्यवसाय सम्बन्धि छलफल गर्ने छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिमबाट होजियारी तालिम छनौट भएको छ । ८ दिने तालिममा वडा नम्बर ७ का २८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट सुशीला चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सहजीकरण प्रमिला योगीले गरेकी थिइन् ।