
तुलसीपुर, १० असोज । मालपोत कार्यालय तुलसीपुरले शुक्रबारदेखि सेवा सुरु गरेको छ । पहिलो दिन जग्गा रोक्का र फुकुवाको काम सुरु गरिएको छ ।
जलेको भवन पुनः प्रयोग गर्न मिल्ने भएकाले अहिले भूइँ तलाबाट सेवा सुरु गरिएको भएपनि केही दिनमा माथिल्लो तलाबाट सेवा सुरु गर्ने कार्यालय प्रमुख खिमबहादुर खड्काले बताए ।
उनका अनुसार हाल बचेका श्रेष्ताको समेत काम हनेछ । जलेकाहरुको भने केन्द्रबाट निर्देशन आए अनुसार काम गर्ने उनको भनाई छ । हाल साविक तुलसीपुर नगरपालिकासहित लाहुरे चौर, बयालेसिमतारा, बाघमारे, हलवार र मानपुरका श्रेष्ताहरु बचेका छन् । अन्य ७ वटाको आंशिक्षक क्षति छ, भने एउटा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।



लाइभदाङ । १० आश्विन २०८२, शुक्रबार २२:५४ बजे