
तुलसीपुर, १३ जेठ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले दृष्टिविहीन विद्यार्थीहरुलाई फ्रिज,स्टाइलस, सेलेटलगायतका सामग्री हस्तान्तरण गरेका छन् ।
मंगलबार तुलसीपुर ४ स्थित गुरुजजुर नमुना माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । नागरिक लगानी कोषको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ र राप्ति बहिरा संघको आयोजना भएको कार्यक्रममा ति सामग्री हस्तान्तरण गरेका हुन् ।



अपारकै पहलमा नागरिक लगानी कोषले उक्त सामग्री उपलब्ध गराएको हो । दृष्टिविहीन विद्यार्थीहरु आफैमा शारिरीक रुपमा अशक्त हुने भन्दै आबश्यक सामग्री ल्याउन पहल गरेको बताए ।
लाइभदाङ । १४ जेष्ठ २०८२, मंगलवार २२:२३ बजे