
तुलसीपुर ९ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकाले जलेका सरकारी कार्यालयहरुलाई आबश्यक सामग्री सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका जलेका सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज बनाउनकालागि सामग्री सहयोग गरिएको उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए ।“हामी स्थानीय सरकार हौं, पालिका भित्रका सबै कार्यालयहरुको सेवा प्रवाह गर्नुपर्छ, भन्ने हाम्रो मान्यता रह्यो”,उनले भने “सोही अनुसार सबैलाई एकद्धार प्रणालीबाट सामग्री सहयोग गरिरहेका छौं ।”
प्रमुख खड्काका अनुसार मालपोत कार्यालय तुलसीपुरलाई ३ सेट कम्प्युटर, एउटा दराज,२ वटा घुम्ने कुर्सी, ५ वटा प्लाष्टिकका कुर्सी र एउटा प्रिन्टर सहयोग गरिएको छ ।
त्यस्तै यातायात ब्यबस्था कार्यालय दाङलाई एक सेट कम्प्युटर, दुई वटा दराज, घुम्ने कुर्सी एउटा, प्लाष्टिकका कुर्सी २ वटा र प्रिन्टिर एउटा हस्तान्तरण गरिएको छ । प्रमुख खड्काका अनुसार आन्तरिक राजश्व कार्यालय तुलसीपुरलाई २ सेट कम्प्युटर, स्टिल दराज एउटा, घुम्ने कुर्सी एउटा, प्लाष्टिकका कुर्सी एउटा र प्रिन्टर २ वटा सहयोग गरिएको छ ।
त्यस्तै उच्च अदालत तुलसीपुरलाई एक सेट कम्प्युटर, स्टिल दराज २ सेट, घुम्ने कुसी दुई वटा, प्लाष्टिकका कुर्सी २ वटा, प्रिन्टर एउटा र स्क्यानर एउटा सहयोग गरिएको छ, भने इलाका प्रशासन कार्यालय तुलसीपुरलाई एक सेट सोफा र एउटा स्क्यानर सहयोग गरिएको छ ।
त्यस्तै उच्च सरकारी वकिल कार्यालय तुलसीपुरलाई एउटा कम्प्युटर, एउटा स्क्यानर, दुई वटा घुम्ने कुर्सी, २ वटा दराज,प्लाष्टिकका कुर्सी दुई वटा, प्रिन्टर एउटा तथा लोकसेवा आयोगको कार्यालयलाई एउटा कम्प्युटर, एउटा कुर्सी, एउटा दराज र एक सेट सोफा सहयोग गरिएको छ ।
विहीबार ति कार्यालयहरुलाई सामग्री हस्तान्तरण गरिएको हो । ति सामग्री बिभिन्न संघ संस्थाको सहयोगमा संकलन गरिएको थियो । ति सामग्री उपमहानगरपालिकाले एकद्धार प्रणालीबाट वितरण गरिएको हो । हाल सरकारी कार्यालयहरुले आफ्नो सेवा सुरु गरिसकेका छन् ।



लाइभदाङ । ९ आश्विन २०८२, बिहीबार २१:१९ बजे