दाङको तापक्रम ३९.५ डिग्री पुग्यो

दाङ, १७ जेठ । दाङमा गर्मी बढेको छ ।

जलतथा मौसम विज्ञान कार्यालय दाङका अनुसार मंगलबारको दाङको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । भने, न्यूनतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस र हावामा ओसको मात्रा ३१ प्रतिशत रहेको छ । दाङमा गर्मीको रेकर्ड ३९ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।


०७६ जेठ २ गते दाङमा सोही तापक्रम मापण गरिएपनि अहिलेसम्म यो रेकर्ड भने तोडिएको छैन ।