सव–इन्जिनियर पौडेललाई पत्नी शोक, सेतो रक्तकोषका कारण मृत्यु

तुलसीपुर,१६ फागुन ।
दाङ बबई गाउँपालिकाका वडा नं.५ मा कार्यरत सवइन्जिनियर प्रकाश पौडेललाई पत्नी शोक परेको छ ।

सेतो रक्त कोषको कमीका कारण मुटुमा असर गरेपछि उनकी श्रीमति अनिता भुसाल पौडेलको २१ बर्षको उमेरमा निधन भएको हो । अनिता केही समय अघि सञ्चारकर्ममा पनि थिइन ।


भुसालको लखनउमो उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दिवंगत भुसालको अहिले कालाखोलामा अन्त्यष्टि गरिदैछ । उनका एक छोरा छन् ।