दंगीशरणमा सामुदायिक सुरक्षा जालो कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, २९ जेठ ।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले विपदबाट प्रभावित परीवारहरुका लागी मनोबिमर्श सेवाको आवश्यकता माथि जोड दिनुभएको छ ।

सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत दाङको दंगीशरण गाउँपालिकामा सोमबार स्थानिय सरोकारवाला निकायहरुसङ्गको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो । दश बर्षे द्वन्द सकिए पनि द्वन्दले दिएको पिडा अहिले पनि गाउँघरमा यथावत रहेको गिरीले बताउनुभयो ।

उहाँले मनोसामाजिक असर सबैभन्दा ठुलो रहेकाले पनि यसको समाधान तर्फ गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । सामुदायिक सेवाकेन्द्र दाङको आयोजना तथा नागरीक आवाज ललितपुरको प्राविधिक सहयोगमा सामुदायिक सुरक्षा जालो कार्यक्रम सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सामुदायिक सुरक्षा जालो कार्यक्रमकी संयोजक लिला शाहले समुदायमा रहेका र विपतको सामना गरीरहेका परीवारसंग कार्यक्रमले प्रत्यक्ष सम्बन्ध राख्ने बताउनुभयो । विपतपछीको अवस्थालाई मध्यनजर गर्दै राहातसङ्ग विपत परीवारलाई जोड्न कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएको बताउनुभयो ।


यस्तै अभिमुखिकरण कार्यक्रममा बोल्दै महिला सामुदायिक सेवा केन्द्र दाङकि अध्यक्ष कल्पना न्यौपानेले मनोसामाजिक समस्याबाट ग्रसित ब्यक्तीहरुका लागी निःशुल्क रुपमा मनोपरामर्शदाताको रुपमा सहयोग गरीने बताउनुभयो । विपत पछीको आपत्कालिन अवस्थामा कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको उदेश्य तथा संस्थाको जानकारीबारे महिला शान्ती सुरक्षा कार्यक्रमका संयोजक आरके सितलले गराउनु भएको थियो । महिला सामुदायिक सेवाकेन्द्र दाङकि अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा अभिमुखिकरण सम्पन्न भएको हो ।

सामुदायिक सुरक्षा जालो कार्यक्रमकी संयोजक लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको अभिमुखिकरणको सहजीकरण मनोबिमर्शकर्ता लक्ष्मि ढकालले गर्नुभएको थियो ।