मेरो मञ्जुरीविना फोटो खिचेर एमालेले प्रवेश गरेको भनि प्रचार गरे : विक

तुलसीपुुर
२४ पुस / माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का उपाध्यक्ष जितबहादुर विकले आफू माओवादी केन्द्र मै रहेको प्रष्ट पारेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गरि यस्तो बताएका हुन् ।

‘यही पुस १९ गते मतदाता नामावली दर्ता गर्न तुलसीपुर गएको मौका पारी एमालेका नेता कार्यकर्ताले मेरो मञ्जुरी विना फोटो खिचेर एमालेमा प्रवेश गरेको भनि सामाजिक सञ्जाल फेसबुममा राखेर मेरो चरित्र हत्या गरी पार्टीप्रतिको निष्ठामा आँच आउने काम गरेकाले सो अमानविय कार्यको भ्रत्सना गर्दै म आफ्नो पार्टी माओवादी केन्द्रमा नै रहेको जानकारी गराउछु’ उनले बिज्ञप्तिमा लेखेका छन्‘ सो भ्रमपूर्ण समाचारको विश्वास नगर्न सम्पूर्णमा कम्रेडहरुलाई जानकारी गराउदछु ।’


केही दिन अघि मौ विकलाई एमालेमा प्रवेश गरेको भनि प्रचार गरिएको थियो ।

No description available.