यस वर्ष दशैंको टीकाको साइत ११ः५३ मा

काठमाडौं, ३१ भदौ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे टीकाको उत्तम साइत छ।

यस वर्षको दशैं असोज ६ गतेदेखि सुरू हुँदैछ। ढकालका अनुसार असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत छ।


असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मंगलबार महाअष्टमी र कालरात्रि परेको समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार दशमी छ। असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा परेको छ।