होटेलमा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु

रोल्पा, १८ फाल्गुन ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा एक पुरुषको मृत भएको छ। सुलिचौर स्थित थकाली होटल एण्ड लजमा उक्त घटना घटेको हो ।

मृत्यु हुने व्यक्ति लुङ्ग्री गाँउपालिका–६ उपल्लो गुम्चाल बस्ने बर्ष ३३ को रोम बहादुर बुढाथोकी रहेको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयो । घटना बेलुकी साढे ५ बजेको समयमा घटेको थियो।


मृत्यु हुने व्यक्तिले उक्त होटेलमा मादक पदार्थ माग (अडर) गरी सेवन गरेको र संचालिका ब्यस्त रहेकोमा केहि समय पश्चात हेर्दा निज आफु बसेको कुर्सिबाट भुईमा ढलेको अबस्थामा देखे पछि उठाउन खोज्दा नउठे पछि प्रहरीलाई खबर गरेको होटेल व्यावसायिले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।