तुलसीपुरमा ३० जनामा परीक्षणगर्दा ११ मा कोरोना पुष्टि

तुलसीपुर
२४ पुस /  दाङको तुलसीपुरमा शनिबार ३० जनामा कोरोना परीक्षण गर्दा ११ जनामा पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार मेट्रो अस्पतालमा आरटी एन्टिजेनबाट परीक्षणगर्दा ५ जना विद्यार्थी, ३ जना जना शिक्षकर घ जना अन्य समुदायका व्यक्तीमा संक्रमण देखिएको हो ।


यो संगै तुलसीपुरमा सक्रिय संक्रमतिको संख्या ११७ रहेको छ । जसमा ४ जना मेटङो अस्पतालमा उपचार भइरहेको छ, भने ११३ जना होम आइसोलेशनमा छन् ।