
तुलसीपुर, ३० भदौ ।
दाङको तुलसीपुर स्थित मालपोत कार्यालयमा आगजनीबाट कुनै पनि सामाग्री बचेका छैनन् । सूचना अधिकारी शान्तराज गौतमका अनुसार जलेका टुक्राटाक्री बाहेक केही बचेका छैनन । आगलागीबाट फाईल राख्ने १४ वटा स्टायान बचेका छन् ।“जलेका फलामहरु बचेका छन्,१४ वटा स्ट्यान बचेका छन्”,उहाँले भन्नुभयो“त्यो बाहेक अरु केही पनि बचेको छैन ।” त्यो बाहेक भाडाको घर, मोठ श्रेष्ता, तामेली जलेर नष्ट भएका छन् ।
त्यस्तै २७ थान कम्प्युटर, ६ थान ल्याप्टप, एउटा स्कुटर, एउटा मोटरसाइकल, ४ थान साइकल जलेर नष्ट भएको सूचना अधिकारी गौतमले बताउनुभयो । त्यो बाहेक दुई थान मोवाईल, टेलिभिजन, राउटर, टेबललगायत कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँको भनाई छ । यसरी कार्यालयका सामग्री नष्ट भएपनि सेवा प्रवाह लयमा आउनकालागि कार्याल्य सुरु भएको कम्तिमा ६ महिना लाग्न सक्ने सूचना अधिकारी गौतमको भनाई छ ।
भाडाको घर भएकाले त्यो घरमा प्राबिधिकले परीक्षण नगर्दासम्म बस्न मिल्ने वा नमिल्ने भन्ने टुंगो लाग्ने उहाँको भनाई छ । काम सुरु भएपछि पनि श्रेष्ता कायम राख्न समस्या हुने गौतमले बताउनुभयो ।“अनलाइनमा त इन्ट्रि होला, तर त्यो इन्ट्रिले मात्रै पुग्दैन”,उहाँले भन्नुभयो“श्रेष्ता कायम गर्न ६ समय लाग्छ ।”मालपोतमै आगलागी भएपछि यसले बर्षौं, बर्षसम्म असर गर्ने उहाँको भनाई छ ।



लाइभदाङ । ३० भाद्र २०८२, सोमबार २०:१० बजे