
दाङ, १० फागुन ।
दाङको तुलसीपुरमा डिभाइन एजुकेसन फाउन्डेसनद्वारा संचालित डिभाइन मन्टेश्वरीले शनिबार आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको छ ।
डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि न्यौपानेले मन्टेश्वरीले नै बालबालिकाको शिक्षाको जग बस्ने बताए ।
कार्यक्रममा नेशनल प्याब्सन दाङका जिल्ला सचिव हरिप्रसाद भण्डारीले डिभाइनले मन्टेश्वरी क्षेत्रमा गरेको योग्दान महत्वपूर्ण रहेको बताए ।
त्यस अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न गितमा आकर्षक नृत्य, चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । विद्यालयकी प्रिन्सिपल बिन्दु न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सुजाता डाँगीले गरेकी थिइन ।



लाइभदाङ । १० फाल्गुन २०८२, आईतवार ०६:२७ बजे