
काठमाडौं, २६ भदौ ।
टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधी बढाएको छ।
यो सँगै अब एनसेलका ग्राहकले यी नि:शुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन्।
हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरु एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो।
एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु १ दिन थप गरिएको जानकारी गराएको हो।



लाइभदाङ । २६ भाद्र २०८२, बिहीबार १४:२६ बजे