दाङमा विप्लवका दुई नेता नेकपामा समाहित , मास्कीद्वारा स्वागत

दाङ, ९ माघ ।
विप्लव नेतृत्वको नेकपा(माओवादी) का दुई नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

जिल्ला समिति सदस्य क. गोपाल भण्डारी ‘सुधार’ तथा स्वतन्त्र नेता हिरा वली ‘प्रदीप’ ले आज औपचारिक रूपमा उक्त पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।


दाङमा आयोजित एक कार्यक्रममा उनीहरूलाई नेकपाका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनबहादुर मास्कीले स्वागत तथा बधाइ ब्यक्त गरेका हुन्। कार्यक्रममा बोल्दै मास्कीले अनुभवी र प्रतिबद्ध नेताहरूको आगमनले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

नवप्रवेशी नेताहरूले नेकपाको नीति, सिद्धान्त र कार्यक्रमप्रति आस्था व्यक्त गर्दै जनताको पक्षमा रहेर राजनीतिक संघर्षलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।