मध्यकालीन खर्च संरचनाको दस्तावेज हस्तानतरण तथा अभिमूखीकरण कार्यक्रम

दीपा बुढामगर
दंगीशरण, १३ चैत्र, ।
शाखा प्रमुख तथा कर्मचारीहरुका लागि मध्यकालीन खर्च संरचना विषयक अभिमुखीकरण आज दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा योजना विज्ञ जगनाथ अधिकारीले अवका योजना मध्यकालीन खर्च संरचना सहितको योजना बनाउँनुपर्ने भन्दै आवधिक योजना र वार्षिक योजना संगसंगै लैजानुपर्ने बताउनु भयो । यस्तै संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्व सह सचिव पुरुषोत्तम नेपालले मध्यकालीन खर्च संरचना बनाउँनका लागि वजेट, निती तथा कार्यक्रमलाई ब्यवस्थीत तरीकाले लैजानका लागि आवश्यक रहेको बताउँनुभयो । मध्यकालीन खर्च संरचना सहित को वजेट बनाउँदा प्रमुख प्रशासकिय अधिकृत संयोजक रहेको र शाखा प्रमुखहरु सदस्य रहेको कार्यदल गठन गर्नुपर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा रणनीतिक स्तम्भको आधारमा तीन आर्थीक बर्षको अनुमान तथा प्रक्षेपणका विषयमा छलफल गरिएको थियो । जसमा आर्थीक, सामाजिक, भौतिक पूर्वाधार, वन, वातावरण तथा विपद् ब्यवसथापन र सुशासन तथा सस्ंथागत विकास गरि पाँच वटा विषय क्षेत्रलाई रणनीतिक स्तम्भ तयार गरि तीन वर्षका लागि वजेट अनुमान तथा प्रक्षेपण गर्न सकिने जनाईएको थियो । यस्तै प्राथमिक्ताका आधारमा, दिगो विकास लक्ष्यका आधारमा, दिगो विकास लक्ष्यका आधारमा लैंगीक संकेतको आधारमा, जलवायु संकेतको आधारमा तीन आर्थीक वषृको बजेट अनुमान तथा प्रक्षेपण गर्न सकिने लर्गातका विषयमा छलफल गरिएको थियो । । यसैगरि स्थानीय गौरवका आयोजनाको तीन आर्थीक वर्षको बजेट अनुमान तथा प्रक्षेपण गर्दा ठूला आयोजनाहरुलाई समेटि योजना तयार गर्नुपर्ने लगाएतका विषयमा छलफल भएको थियो । अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका विभीन्न शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण योजना शाखा प्रमुख लेखनाथ आचार्यले गर्नुभएको थिए ।


यसैबिच दंगीशरण गाउँपालिकाको मध्यकालीन खर्च संरचनाको दस्तावेज गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वली खड्कालाई हस्तान्तरण गरीएको छ । संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्व सह सचिव पुरुषोत्तम नेपाल र योजना विज्ञ जगनाथ अधिकारीले उक्त दस्तावेज हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा साझेदारी संघियता सहयोग कार्यक्रमका माया चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्का, योजना शाखा प्रमुख लेखनाथ आचार्य, लेखा शाखाका भरत के.सी, कार्यक्रम अधिकृत किरण पाख्रेल, महिला बालबालीका शाखाका चन्द्रा वलीको उपस्थिती रहेको थियो । स्वशासन अध्ययन प्रतिष्ठानको प्राविधिक सहयोग तथा युएसएड साझेदारी संघियता सहयोगको समन्वय र सहयोगमा सो दस्तावेज तयार परिएको हो ।