
तुलसीपुर, १ चैत । बेलझुण्डी खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थामा सर्वसहमतीमा नयाँ नेतृत्व चयन गरिएकाे छ ।
समितिका अध्यक्षमा प्रदीप गाैतम, उपाध्यक्षमा मनकुमारी महत, सचिवमा मुक्तबहादुर वली मुकेश, काेषाध्यक्षमा वसन्त थापा र खुुल्ला सदस्यहरुमा गाेकर्ण पाैडेल,मदन बस्नेत,तुलसीराम चाैधरी, गिरीराज खड्का, प्रेेमलाल चाैधरी,महिला सदस्यहरुमा मीना राेका,रास्ती बुढा,तिला मल्ल र ताराकुमारी राना मगर सर्वसहमतिमा निर्वाचित हुनुभएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६,१७,१८ र १९ मा खानेपानी वितरण गर्दै आएकाे छ । संस्थाले १८०० धारा वितरण गरेकाे छ । यसैबीच सपथग्रहण कार्यक्रम सम्पन्न भएकाे छ ।



निर्वाचन अधिकृत नुमानन्द आचार्यकाे अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीकाे प्रमुख आतिथ्यता र वडा न.१९ वडाध्यक्ष प्रेमनाथ याेगीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेपाली काङ्ग्रेेस दाङका जिल्ला सदस्य यज्ञबहादुर बस्नेत, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा न. १८ वडा कमिटी अध्यक्ष कमानसिंह खड्का, नेपाली काङ्ग्रेस वडा न १९ वडा सभापति पदम वली,नेकपा माओवादी केन्द्र वडा न. १९ वडा कमिटी अध्यक्ष दुर्गा विश्वकर्मा, बिजाैरी उद्याेग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेत्रलाल प्राविका प्रधानाध्यापक शेरबहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
लाइभदाङ । ३० फाल्गुन २०८१, शुक्रबार १७:१६ बजे