मधेशका मुख्य शहरहरूमा बिहानैदेखि प्रदर्शन

जनकपुरधाम, २४ भदौ ।
नयाँ पुस्ताका युवा (जेनजी) हरूले मधेश प्रदेशका जिल्लाहरूमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम, ढल्केभर, सिराहाको लहान, महोत्तरीको बर्दिबास बाराको कलैया, वीरगञ्ज लगायतको स्थानमा युवाहरूले बिहानैदेखि प्रदर्शन जारी छ ।

प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशित बनेका जेनजीहरूले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।


प्रदर्शनलाई मध्यनजर राखेर स्थानीय प्रशासनले वीरगञ्जमा कार्फ्यू समेत लगाइएको छ ।