विमल गौतम
तुलसीपुर, १४ चैत्र ।
राप्ती विश्वासी वचत तथा रिण सहकारि संस्था लिमिटेड तुलसीपुरको २७ औं स्थापना दिवस आज एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । सहकारीका अध्यक्ष इन्द्र बहादुर बुढाथोकीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो ।
उपाध्यक्ष विक्रम बहादुर सोमैको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जस अनुसार जेष्ठ सदस्य तर्फ द्रोण प्रसाद अधिकारि र विद्यादेवि महर्जन, असल वचत कर्ता तर्फ चम्पा भुषाल , दामोदर जैसि, कर्ण बहादुर वलि रामलाल आचार्य र चित्रा कुमारि बोहरा, त्यसैगरि असल रिणि तर्फ लक्ष्मि वुढाथोकि, सीता विष्ट, सर्वजित चौधरी , कल्पना मगर, सीता खत्री डाँगीलाई सम्मान गरिएको थियो । विभिन्न संघ संस्थामा प्रतिनिधित्व गर्नका लागि निर्वाचित भएका सहकारिका दर्जन बढि शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सल्लाहकार मान वहादुर डाँगी, सुरेस हमाल, निवर्तमान अध्यक्ष हेमन्त योगि , पुर्व अध्यक्ष सुरेन्द्र वहादुर खडका, पुर्व मेयर ढुण्डिराज लामिछाने, पुर्व कोषाध्यक्ष अशोक कुमार श्रेष्ठ , पुरस्कार स्थापना कर्ता राम प्रसाद जैसी ,संस्थापक शेयर सदस्य महेश प्रसाद आचार्य ,पुर्व सदस्य दिपा केसी , सुचना तथा प्रकाशन उपसमितिका सदस्य विमल गौतम,शेयर सदस्य फर्साराम भुषाल लगाएतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव प्रह्लाद शाहले गर्नु भएको थियो । २०५४ साल चैत १४ गते ४१ जना शेयर सदस्यवाट शुरु भएको सहकारिमा २७ औं स्थापना दिवस मनाईरहदा हाल ३३१८ जना शेयर सदस्य रहेका छन भने झण्डेै २९ करोड बराबरको आर्थिक कारोवार गरिरहेको सहकारीका प्रवन्धक ठाकुर प्रसाद वलीले जानकारी दिनुभयो ।
लाइभदाङ । १४ चैत्र २०८०, बुधबार १७:०७ बजे