सालको काठ काटी ओसारपसार गर्ने फरार चौधरी पक्राउ

तुलसीपुर, २७ असार ।
दाङ प्रहरीले सालको काठ काटी ओसारपसार गर्ने एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १२ बगिया रातामाटा निवासी २७ वर्षिय दिपक चौधरीलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

चौधरीलाई घोराही १२ मा लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी मंगलबार नै दाङ जिल्ला अदालतमा बुझाएको जनाएको छ ।


त्यस्तै चौधरीलाई दाङ जिल्ला अदालतले २०७८ साउन २८ गते सालको काठ काटी ओसार पसार गरेको कसूर मुद्दामा एकासी हजार पाँच सय चौहत्तर रुपैँया जरिवाना फैसला सुनाएको थियो ।