घोराहीमा दरबन्दी भन्दा बढि कर्मचारी भर्ती, करिब डेढ करोड अनियमित

तुलसीपुर, २२ भदौ । दाङको घोराही उपमहानगरपालिकाले दरबन्दी भन्दा बढि कर्मचारी भर्ति गरेपछि महालेखा परीक्षण प्रतिवेदनले प्रश्न चिन्ह उठाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले स्थायी प्रकृतिको कामकालागि आबश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीकालागि लाग्ने खर्च ब्यहोर्ने समेत विश्लेषण गरी दरबन्दी प्रस्ताब गर्नुपर्ने र यस्तो दरबन्दीको ब्यबस्थापन सर्वेक्षण गरि सभाबाट स्वीकृत गर्नुपर्ने ब्यबस्था छ ।

तर, पालिकाले स्वीकृत दरबन्दी वेगरका सामाजिक परिचालक पदमा ३२ र सहायक पदमा कर्मचारी करार नियुक्त गरेको पाईएको हो । आर्थिक बर्ष २०८०/०८१ को प्रतिवेदनले यसमा प्रश्न चिन्ह उठाएको हो ।


यसरी कर्मचारी भर्ती गर्दा १ करोड ३८ लाख १७ हजार रुपैँया अनियमित भएको महालेखा परीक्षण प्रतिवेदनले ठहर गरेको छ ।