बबई ५ रोल्पालीतारामा माओवादी केन्द्रको टोल कमिटि गठन

हापुरे, ७ असोज ।
दाङ बबई गाउँपालिका वडा नं. ५ रोल्पालीतारामा माओवादी केन्द्रको टोल कमिटि गठन गरिएको छ । माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत लुम्बिनी प्रदशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीको सहभागितामा ३४ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।

तिलक बिकको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । जनताले विकास नै चाहेको भन्दै त्यो विकास आफूले दिएको भन्दै बाँकी बजेटकालागि जनताले सहयोग गर्न पर्ने अर्थ मन्त्री मास्कीले बताए ।


पश्चिम दाङले ईतिहासै पहिलो पटक मन्त्री पाएको र विकास पनि पहिलो पटक नै धेरै आएको भन्दै जनता यसमा सहयोगी बन्नु पर्ने बताए । उनले आफूले थुप्रै बजेट र योजना ल्याएर जनताको माझमा आएको बताए ।