आज तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १९ भदौ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।


राति कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू‍–भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।