सवै मजदुर सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ : राई

तुलसीपुर, १४ भदौ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राइले यातायात क्षेत्रमा काम गर्ने सम्पुर्ण यातायात मजदुरहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अपिल गर्नु भएको छ ।

सरकारले ल्याएको निति अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भए मात्र यातायात मजदुरहरुको जिवन सुरक्षा हुने भन्दै यसमा सवै आबद्ध हुन उहाले आग्रह गर्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटिको शनिवार तुलसीपुरमा सम्पन्न भएको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

हरेक मजदुरहरु सामाजिक सुरक्षा कोषमा आबद्ध भएमात्र भविस्य सुनिश्चित हुने कुरामा उहाले जोड दिनुभयो । जोखिम मोलेर यातायात क्षेत्रमा काम गर्दै आएको बताउदै उहाले मजदुरहरूको हक–अधिकार सुरक्षित गर्न र श्रमको उचित मूल्यका लागी राज्यलाई आफुहरुले पटकपटक दबाब सिर्जना गर्दै आएको बताउनु भयो । साथै यातायात क्षेत्रमा कार्यरत मजदुरहरू विगतदेखि अनेकौं समस्यासँग जुझ्दै आएको भन्दै उहाँले अझै पनि राज्यस्तरबाट श्रमिकमैत्री नीति र व्यवहार लागू नभएको बताउनुभयो ।

संगठनका जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका राईले आफुहरुको निरन्तरको प्रयासका कारण सरकारलाई सवारी सम्बन्धि ऐन संसोधन गर्न बाध्य पारिएको बताउदै उहाँले सवारी ऐन संसोधन भएपछी मजदुरको पक्षमा कानुन निर्माण हुने अपेक्षा व्यक्त गनुभयो ।


सो अवसरमा संगठनका केन्द्रिय उपाध्यक्षहरु नवराज घिमिरे,ठाकुर प्रसाद गैरे, महासचिव केशव थापा(निरु),संगठनका केन्द्रिय कमिटि सल्लाहकार प्रमुख ध्यान बहादुर राई,नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमाल, संगठनको लुम्बिनी प्रदेश अध्यक्ष हुम बहादुर क्षेत्री, संगठनका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष ललित चन्द ,संगठनका पुर्व जिल्ला अध्यक्ष तथा जिफन्ट दाङका अध्यक्ष केशव बहादुर भण्डारी र त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रितम कुमार श्रेष्ठ लगाएका वक्ताहरूले बोल्नु भएको थियो ।

सो अवसरमा संगठनका पुर्व अध्यक्षहरु चुडाबहादुर विक, शुसील न्यौपाने र केशब बहादुर भण्डारी र यातायात व्यवसायीको क्षेत्रबाट त्रिशिद्धेश्वरी यातायात प्रालीका अध्यक्ष तथा महासंघका सल्लाहकार सुरेस हमाललाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । संगठनका जिल्ला उपाध्यक्ष केशव राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव खिम बहादुर डाँगीले गर्नुभएको थियो ।

यातायात मजदुर संगठनको अध्यक्षमा पुनः बुढाथोकी निर्वाचित
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनः दिपक कुमार बुढाथोकी निर्वाचित हुनु भएको छ । शनिवार तुलसीपुरमा भएको अधिवेशनको बन्दसत्रबाट अध्यक्षमा बुढाथोकी सर्वसम्मत निर्वाचित हुनु भएको अध्यक्ष मण्डलका संयोजक नवराज घिमिरेले जानकारी दिनुभयो ।

यस्तैगरी उपाध्यक्षमा केशव राम्जा,सचिवमा प्रकाश भण्डारी,सहसचिव हुकुम शर्मा र कोषाध्यक्षमा खिमबहादुर डाँगी निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा धनवीर डाँगी,लेखबहादुर थपलिया, विपेन्द्र शाही,सुरेश नेपाली, भूपबहादुर केसी, गणेश बस्नेत, चन्द्रनाथ योगी,भीम बहादुर डिसी, ताराबहादुर खत्री,विरेन्द्र चन्द,वविता विष्ट खत्री, मिलन ओली, दुर्गा डाँगी, बामदेव ओली,अब्दुल अजिज (लमही, भालुवाङ) र केशव गौतम (घोराही) रहनु भएको छ ।साथै कमिटिको सल्लाहकारमा चुडा बहादुर बिक, टेक बहादुर डागी र घनश्याम शर्मा चयन निर्वाचन समितिका संयोजक ठाकुर प्रसाद गैरेले जानकारी दिनुभयो ।