मोटरसाइकल दुर्घटनामा एक जना घाइते

दाङ, १९ चैत ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर-२ का २० वर्षीय एकराज केसी घाइते हुनुभएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


शनिबार दिउँसो २ बजेतिर बालापुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प ९७४० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।