
अग्रिम साप्ताहिक विधिवत रुपमा २०७८ सालको भदौ दोस्रो सोमबारदेखि प्रकाशन सुरु गरेको हो । दाङको तुलसीपुरबाट प्रकाशन भएको यो पत्रिका अहिले दाङ जिल्लाका सबै पालिका र प्रदेशका विभिन्न जिल्लामा पनि पुग्ने गर्छ । बढ्दो विज्ञान र प्रविधिको युगमा पनि छापा माध्यमको भूमिका उत्तिकै छ, भन्ने हेँतुले नै हामीले पत्रिका प्रकाशन सुरु गरेका छौं । पत्रिकाले दिने विषयवस्तु भने अब फेरिनु पर्छ, भन्ने हाम्रो मान्यता हो । अनलाईन तथा सामाजिक सञ्जालले दिने विषयवस्तुहरु पत्रिकाले दिएर काम छैन् । त्यसरी पाठक आकर्षित हुन सक्दैनन् । पत्रिकाले अब ‘हार्ड न्यूज’ होईन्, ‘सफ्ट न्यूज’मा जोड दिनुपर्छ, समाचारको ट्रेन्डमा परिवर्तन गर्नुपर्छ, भन्ने हामीले मान्यता राख्यौं । र, त्यो अनुसार अघि बढ्यौं ।
त्यही भएर पनि अनलाईन सञ्चार माध्यमको संख्या दिनानु दिन बढिरहेपनि अझै पनि साप्ताहिक पत्रिकाको बजार उत्तिकै छ । छापा माध्यमले आफ्नो विश्वसनियता कायम राखिरहेकै छन् । सामाजिक सञ्जाल, अनलाईन मिडियामा आउने धेरै विषयवस्तुले पाठक शंसंकित भइरहेको अवस्थामा छापा माध्यमले त्यसलाई सन्तुलन कायम गरिरहेका छन्, त्यसले गर्दा पनि अहिले पनि अझै पनि छापा सञ्चार माध्यमले आफ्नो स्थान लिइरहेका छन् । छापासंगै तत्काल सूचना पाउने अधिकारलाई बन्चित गर्न नहुँने कुरामा हामी स्पस्ट पनि छौं । त्यसले गर्दा पत्रिकाको अनलाईन सञ्चार माध्यमको रुपमा धधध।ष्खिभमबलन।अयm पनि सञ्चालनमा ल्यायौं । तत्काल समाचार दिनु पर्ने घटना, दुर्घटनासहितका सूचनाहरु हामीले अनलाईन सञ्चार माध्यमबाटै दिइरहेका छौं, भने खोजी विषयवस्तु र समाजलाई बाटो देखाउने खालका विषयवस्तुहरुलाई हामीले पत्रिकाको माध्यमबाट पाठकमाझ पस्किरहेका छौं । केही भिडियो रिपोर्टहरु पनि हामीले पस्किरहेका छौं । तर, हामी पूर्ण रुपमा भिडियो सेवामा भने जान सकिरहेका छौं । यसलाई अझै परिस्कृत गरेर हामी भिडियो सेवा पनि सुरु गर्ने तयारी मै छौं ।
पत्रकारिता आचारसंहिता, पत्रकारिताका विश्वब्यापी अभ्यास, सामाजिक उत्तरदायित्वप्रति हामी स्पस्ट छौं । हाम्रा कलमहरुले गतल बाटोमा हिडिरहेको समाजलाई सही मार्गमा हिडाउन मद्दत पुगिरहेको छ, भने सत्य, तथ्य कुरालाई स्थापित बनाउन भूमिका खेलिरहेको हामीले अनुभूति गरेका छौं । पत्रकारिताको धर्म,मर्म, सीमालाई हामी सधै सिरोपर गरेर नै पत्रकारिता गर्ने छौं, यो हाम्रो प्रतिवद्धता हो । यसको मुल्यांकन गर्ने जिम्मा पाठकलाई छोड्दै, आगामी दिनमा पनि पाठककै साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छौं । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ९ भाद्र २०८२, सोमबार ०९:०५ बजे