प्रगतिशिल टोलमा बेदप्रसाद वलीको प्यानल चुनाब प्रचारमा

तुलसीपुर, ४ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित प्रगतिशिल टोल विकास संस्थाको निर्वाचनमा वेदप्रसाद वलीको प्यानले चुनाब प्रचारप्रसारलाई तिब्र बनाएको छ ।

माओवादी केन्द्र र एमालेबीच गठबन्धन गरेर टोल विकास संस्थाको निर्वाचन हुन लागेको हो । टोलको विकासकालािग यो टिमले इमान्दारीता पूर्वक काम गर्ने समेत अध्यक्षका उम्मेदवार वलीले बताए ।


जसको उपाध्यक्षको उम्मेदावरमा बलबीर बुढाथोकी, सचिबमा माया पुन, कोषाध्यक्षमा पवित्रा बुढाथोकी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा नविन डाँगी, खुमाकुमारी चलाउने, प्रेम कुमारी बस्नेत, वेदबहादुर विष्ट र रन्जना परियार रहेका छन् । आगामी शुक्रबार निर्वाचन हुन लागेको हो । जसका मतदाता साढे ४ सय बढि छन् ।