दंगीशरण–४ को सुकदेवामा योगहल भवनको सिलन्यास

दंगीशरण, १२ फागुन ।
दंगीशरण ४ को सुकदेवामा योगहल भवनको सिलन्यास गरीएको छ । शनिबार (आज) एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाबाट विनियोजित १० लाख रुपैयाबाट निर्माण हुन लागेको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरीबाट विधिबत सिलन्यास गरीएको हो ।

भवन सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सारीरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताउनुभयो । पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुःख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न योगमा जोडिन आवश्यक रहेको बताउनुभयो । अहिले सिलन्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ४ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताउनुभयो ।


यस्तै सिलन्यास भवन सिलन्यास गर्द वडा नं.४ का वडा अध्यक्ष कमल थारूले सिलन्यास हुदै गरेको भवनले आम नगारीकलाई सहजहुने अपेक्षा लिएको बताउनुभयो । कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरी,योग प्रशिक्षक देवा बस्नेत लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।