
तुलसीपुर, ४ भदौ। तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले जन्मदिनको अवसरमा रक्तदान गरेका छन् ।
अध्यक्ष भण्डारीले बुधबार बिहान चेम्बरको कार्यालयमा रक्तदान गरेका हुन् । जन्मदिनमा कुनै न कुनै सामाजिक काम गर्नुपर्ने मान्यता अनुसार यो कार्य गरिएको उनले बताए ।
फजुल खर्च गर्नु भन्दा आफ्नो खेर जाने रगतलाई दान गर्दा कसैको जीवन बाँच्ने उनको भनाई छ ।
उनले अहिलेसम्म ३६ पटक रक्तदान गरिसकेका बताएका छन् ।
कार्यक्रममा चेम्बर अफ कमर्शका पदाधिकाहरु, व्यवसायी तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो ।



लाइभदाङ । ४ भाद्र २०८२, बुधबार २१:०३ बजे