दाङमा सशस्त्र प्रहरीद्वारा १ ट्रक प्याज बरामद

भालुवाङ, १६ माघ ।  दाङको देउखुरीमा सशस्त्र प्रहरीले १ ट्रक प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२९ गण हेक्ड क्वाटर ज्वालामाई गण, भालुवाङले मंगलबार बिहान भन्सार छरेर भित्र्याइएको ५ लाख ५२ हजार मूल्य बराबरको आठ हजार किलो प्याज बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कपिलवस्तुबाट घोराहीतर्फ जाँदै गरेको रा २ ख ५३६ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा सो मात्रामा प्याज फेला परेपछी बरामद गरिएको हो । अवैध रूपमा ट्रकले प्याज ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा जाँचमा एसपी श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त ट्रकसहित र प्याज बरामद गरेको हो ।


बरामद भएको प्याज र ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको छ । नक्कली बिलबिजग बनाएर भन्सार छरेर ल्याइएको प्याज फेला परेपछि कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालयमा एसपी श्रेष्ठले बताउनुभयो । राजमार्ग सुरक्षाका लाग आइआरटी स्थापना गरी २४ घण्टा जाँच गर्दै आइएको छ । राजमार्गमा हुने सवारी दुर्घटनामा छिटो उद्धारमा खटिन र अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाउदै आएको छ ।