
दाङ, ३ साउन ।
समाजप्रतिको जिम्मेवारी बोध गर्दै ‘इगल खबर’ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा दाङ तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ३० वटा झोला, ३० दर्जन कलम र १५ दर्जन कापी निःशुल्क प्रदान गरिएको हो ।करिब ३० हजार रुपैयाँ बराबरका सामग्री ‘एच.आर. मिडिया हाउस प्रा.लि.’ अन्तर्गत सञ्चालित ‘इगल खबर’ले ग्लोवल ओरेन्ज नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा उक्त सामग्री उपलब्ध गराएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बिकट सातबासमा पुगेर बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु समाजप्रतिको जिम्मेवारी बोधको उत्कृष्ट उदाहरण भएको बताए ।
त्यस्तै, वडा सदस्य राजेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पनि ‘इगल खबर’को यो सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गरेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर गुरुङले विद्यालयमा हाल ४१ जना विद्यार्थी भए पनि नियमित रुपमा करिब ३० जना मात्र उपस्थित हुने जानकारी दिए ।
शैक्षिक सामग्री प्राप्त गरेकी कक्षा ४ की छात्रा सृष्टि घर्तीले निःशुल्क झोला, कापी र पेन्सिल पाउँदा निकै खुसी लागेको बताइन् ।



लाइभदाङ । ३ भाद्र २०८२, मंगलवार २१:४३ बजे